MJ Radio
Facebook Twitter Youtube Skype
Flag

नायिका केकी अधिकारी ‘नाईं नभन्नू ल ५’ मा अनुबन्धित

Published Date: 2018-03-25 00:00:00



शनिबार मैतिदेवी मन्दिरमा शुभसाईत गरिएको चलचित्र ‘नाईं नभन्नू ल ५’ को यही सातादेखि छायाँकन सुरु हुने विकासले बताए ।उनले भदौ ८ गते फिल्म दर्शकमाझ आउने समेत खुलाए । फिल्ममा अनुभव रेग्मी, प्रियंका कार्की, दीलिप रायमाझी, स्वस्तिमा खड्का, सेड्रिना शर्माको मुख्य भूमिका रहनेछ भने नायिका बर्षा सिवाकोटीलाई अफर गरिएको भूमिकामा नायिका केकी अधिकारी खेल्ने भएकी छिन् |‘भूमिकालाई केही परिमार्जित गरेर केकीलाई लिएका हौं’, लेखक, निर्माता तथा निर्देशक आचार्यले भने, उनको भूमिकाले फिल्ममा खास महत्व राख्दछ ।’केकीको आगमनसँगै लेखक, निर्माता तथा निर्देशक विकास आचार्यको ‘नाई नभन्नू ल ५’ ले पूर्णता पाएको छ ।बसन्त सापकोटाको संगीत रहेको फिल्ममा अघिल्ला सिरिज जस्तै यसमा पनि पारिवारिक प्रेम कथा रहने उनको भनाई छ ।भदौ ८ गतेकै दिन अनमोल केसीको ‘क्याप्टेन’ सहित अन्य फिल्म आउने चर्चा भए पनि भदौ ८ बाट पछि नहट्ने विकासले बताए ।

loading...