MJ Radio
Facebook Twitter Youtube Skype
Flag

अप्रिल ७ मा ‘फरहान लाइभ इन नेपाल’ हुदै

Published Date: 2018-03-26 00:00:00



बलिउडका कलाकारहरू नेपाल आउनेक्रम बढिरहेको छ |केही दिन अघि बलिउडको चर्चित ब्यान्ड सनमले नेपालमा कन्सर्ट गरेको थियो भने अर्का अभिनेता सलमान खान नेपाल आउने चर्चा पनि निकै चलिरहेको छ ।तेस्तै बलिउडेका अर्का अभिनेता फरहान अख्तर‘फरहान लाइभ इन नेपाल’ कार्यक्रममा अर्को महिना नेपाल आउने भएका छन् ।लेखक, निर्देशक, नायकको साथै गायक समेत रहेका फरहान कार्यक्रममा आफ्ना गीतहरू प्रस्तुत गर्ने भएका छन् ।अप्रिल ७ मा हायात रिजेन्सी होटलमा आयोजना हुने यस कार्यक्रममा २ हजार र ४ हजार रुपैयाँको टिकट रकम तोकिएको कार्यक्रम ३ बजेबाट सुरु हुने छ |‘दिल चाहता है, लक्ष्य, डन’ लगायतका चलचित्र निर्देशन गरेका उनले ‘रक अन, भाग मिल्खा भाग, जिन्दगी ना मिलेगी दोबारा’ लगायतका चलचित्रमा अभिनय गरेका छन् ।

loading...