MJ Radio
Facebook Twitter Youtube Skype
Flag

‘शत्रु गते’ अमेरिकामा पनि पुग्ने भयो

Published Date: 2018-03-26 00:00:00



यही अप्रिल १ देखि १५ तारिक सम्म ‘अमेरिकाको टेक्सस ड्यालसमा चलचित्र ‘शत्रु गते’ दुई हप्तामा दुई वटा सिनेमा हलमा ५० पटक प्रदर्शन गरिने आयोजक प्याट्रिक सुवेदीले जानकारी दिएका छन् |शक्रुबारबाट नेपालमा सफलताको साथ प्रदर्शन भएको चलचित्र ‘शत्रु गते’को निर्माण पक्षले जानकारी दिए अनुसार चलचित्रले ३ दिनमा तिन करोड बढीको कमाई गरिसकेको छ र अब टेक्सस राज्यको ड्यालसको अर्बिंग र रिचार्डसन् स्थानमा ५० पटक प्रदर्शन गरिने भएकोले अमेरिकामा सबैलाई सुविधा हुने समयमा चलचित्र हेर्न आउन समेत आयोजकले अनुरोध गरेका छ ।‘शत्रु गते’मा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज, दीपाश्री, प्रियंका कार्की, पल शाह, आँचल शर्मा, किरण केसी, राजाराम पौड्याल, बसुन्धरा भुसाल, शिवहरी पौड्याल लगायतको मुख्य भूमिका रहेको छ ।प्रदीप भट्टराईको निर्देशन र महजोडीको प्रस्तुतिमा चलचित्र बनेको हो |

loading...