MJ Radio
Facebook Twitter Youtube Skype
Flag

पूजा र धर्मेस जोडी हुदै

Published Date: 2018-03-27 00:00:00



चलचित्र ‘रामकहानी’ को भरखरै छायाङ्कन सकाएका लभस्टोरी चलचित्र निर्देशकमा अब्बल मानिएका सुदर्शन थापाले नयाँ चलचित्र ‘डी फोर डान्स’ निर्देशन गर्ने भएका छन् । चलचित्रको नाम विकास बोर्डमा दर्ता भइसकेको छ र नायिका पूजा शर्मा दोहोरिने भएकी छिन् भने भारतका चर्चित डान्सर धर्मेस पूजासँग जोडी हुने छन् | २०१० मा डान्स इन्डिया डान्स नामक रियालिटी सोबाट चर्चित बनेका धर्मेसले डान्स प्लसमा निर्णायकको रूपमा काम गरिरहेको छन् भने उनले ‘एबिसिडी’, ‘एबिसिडी २’मा काम गरिसकेका छन् ।डान्स सम्बन्धी चलचित्र भएका कारण धर्मेसको मुख्य भूमिका रहने बताइएको छ र उनि संग कागजी सम्झौता भइसकेको छ ।चलचित्रको सुटिङ ‘रामकहानी’को प्रदर्शन पछि सुरु हुने बताइएको छ ।

loading...