MJ Radio
Facebook Twitter Youtube Skype
Flag

यी हुन् ‘नाई नभन्नु ल ५’को नायक ?

Published Date: 2018-03-27 00:00:00



चलचित्र ‘नाई नभन्नु ल ५’को सोमबार देखि झापाको बिर्तामोडबाट औचिारिकरुपमा सुटिङ सुरु भएको छ |नयाँ नायक अभिषेक नेपालले डेव्यु गर्दै स्वस्तिमा खड्का संग पहिलो दिन सट दिएका थिए । झापा र इलामका रमणीय स्थानमा खिचिने चलचित्रको झापास्थित सालवारि पोखरीबाट फिल्मको सुटिङ सुरु भएको हो ।चलचित्रमा अभिषेक, स्वस्तिमा र सेड्रिनाको साथमा प्रियंका कार्की, केकी अधिकारी, दिलीप रायमाझी लगायतका कलाकारको अभिनय रहेको छ ।कान्तिपुर फिल्म एकेडेमीमा अध्यनरत अभिषेकलाई चलचित्र निर्देशक विकास आचार्य छनोट गरेका हुन् ।

चलचित्रमा अभिषेकसँगै झापा मूलघर भएकी सेड्रिना शर्माले अनुभव रेग्मीको जोडीको रूपमा डेव्यु गर्दै छिन् | निर्देशक आचार्यको अनुसार चलचित्रको छायाङ्कन झापाको बिर्तामोडमा ३ दिन र इलाम २५ दिन हुनेछ र यो युनिट काठमाडौँ फर्किने छ । ‘ नार्इँ नभन्नू ल ३’मा केकीलाई खेलाउन चाहेका र केहि कारण न मिले पनि अहिले अवसर जुरेको आचार्य बताउछन् |केकीले चैतको तेस्रो साताबाट इलामको सेड्युल ज्वाइन गर्नेछिन् । विकास आचार्य र सामीप्यराज तिमल्सेनाको लेखन रहेको चलचित्रलार्ई पुरुषोत्तम प्रधानले खिच्दै छन् भन चलचित्रको सङ्गीत वसन्त सापकोटाले तयार पारेका छन् ।

loading...