MJ Radio
Facebook Twitter Youtube Skype
Flag

बिपिन कार्की अभिनित चलचित्र हरिको ट्रेलर सार्वजनिक

Published Date: 2018-03-27 00:00:00



आफ्नो फरक फरक पात्र बाट चर्चामा आइरहेका नायक हुन् बिपिन कार्की, चलचित्र "नाका "बाट आफ्नो अभिनयलाई अर्को एक उचाई दिएका बिपिनले अभिनय गरेको चलचित्र "हरि "को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा उनलाई फरक भूमिकामा देख्न सकिन्छ |योगेश्वर पौडेल ,थाक्पा तमाङ र माधव थापा कार्यकरी निर्माता रहेको चलचित्रमा सफल केसी र प्रतिक गुरुङको लेखन तथा निर्देशन रहेको छ । चलचित्रमा चिन्तन राजभण्डारीको छायांकन र अर्जुन कार्कीको सम्पादन रहने छ ।चलचित्रमा बिपिन कार्की सुनिता श्रेष्ठ ठाकुर, कमल मणी नेपाल, थिन्ले लह्मो, लक्ष्मी बर्देवा, लोकनाथ आचार्य, प्रकाश गन्धर्व, राम भजन कामत, सुनिशा बजगाई लगायतका कलाकारको अभिनय रहने छ ।


loading...