MJ Radio
Facebook Twitter Youtube Skype
Flag

लर्निङ ह्यान्ड्स प्रिस्कुलको पहिलो वार्षिकोत्सव

Published Date: 2018-04-03 00:00:00



लर्निङ ह्यान्ड्स प्रिस्कुलले पहिलो वार्षिकोत्सव मनाएको छ ।नेपाल म्युजिक सेन्टरमा भएको कार्यक्रममा बालबालिकाहरुको प्रस्तुति हेर्न अभिभावक पुगेका थिए ।कार्यक्रममा स्कुलका बालबालिकाले विभिन्न प्रस्तुति दिए । कार्यक्रम सन्चालन एलकेजी र यूकेजीका आरम्भ श्रेष्ठ, आरध्या न्यौपाने, दिप्तान्सु कोइराला, समृद्ध अर्याल, कुन्दन सरु मगर, कृतज्ञ अधिकारी, यश्मिन राना मगर र ऋगवेद भट्टराईले गरेका थिए। कार्यक्रममा साना नानीहरुले नृत्य, गायन, कराँते, योगा तथा अभिनय प्रस्तुत गरे ।

कार्यक्रममा नै नर्सरी र प्ले ग्रुपका विद्यार्थीले पनि विभिन्न प्रस्तुति देखाएका थिए । एलकेजी र युकेजीका विद्यार्थीले कराँतेका विभिन्न प्रस्तुति दिए । फरक शैलीमा अध्यापन भइरहेको लर्निङ ह्यान्ड्समा वर्षभर राम्रो गर्ने र कार्यक्रममा विभिन्न प्रस्तुति दिने विद्यार्थीलाई प्रमाणपत्र पनि दिइयो । युकेजीका विद्यार्थीलाई ‘ग्य्राजुएसन’ सेरोमोनीमा प्रमाणपत्र पनि दिइयो ।कार्यक्रममा दर्शना गुरागाईं, स्वीन सुवेदी, असिम जङ्ग थापा, रौनक ढंगोल, तारिका खनाल, प्रिशा ज्ञवालीलगायतले गीत गाए । त्यस्तै, आर्या दाहाल, प्रद्युन बस्नेत, आरभ अर्याल र सात्विकलगायतले नृत्य प्रस्तुत गरे ।कार्यक्रममा वर्षभर र सोही कार्यक्रममा राम्रो प्रस्तुति दिएका विद्यार्थीहरुलाई सम्मानस्वरुप प्रमाणपत्र पनि दिइयो ।

साथै, स्कुलका निर्देशक राजीव लोहनीले आफूहरुले नेपाली माटो सुहाउँदो स्कुल स्थापना गर्न खोजेको र यसलाई अझ राम्रो बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे । उनले स्कुलले थप कक्षाहरु थप्दै लैजाने पनि बताए । प्रिस्कुलका संगीत प्रशिक्षक गायक मदन गोपालले नानीहरुलाई भोलिको नेपाललाई ‘गाइड’ गर्न सानैदेखि विभिन्न क्षेत्रमा लगाउन सके सिकाइको माध्यम थप सशक्त हुने बताए ।

loading...