MJ Radio
Facebook Twitter Youtube Skype
Flag

‘हिरोज्’ को दुई गीत सार्वजनिक

Published Date: 2018-04-05 00:00:00



चैत्र २३ गते देखि प्रदशनमा आउन लागेको चलचित्र हिरोज्को दुई गीत पप्पी देउन र मेहनत आफै गर एक साथ सार्वजनिक गरिएको छ |बुढा सुब्बा डिजिटलको युट्युव बाट सार्वजनिक गीत पप्पी देउन प्राश्ना शाक्य र टंक बुढाथोकीले गाएका हुन् भने गीतमा टंककै शब्द र संगीत रहेको छ |पूर्णीमा लामा र संजोग राणाको डान्स रहेको यस गीतलाई कविराज गहतराजले कोरियोग्राफ गरेका हुन् |मेहनत आफै गर बोलको गीतमा राजेश पायल राई,जुनु रिजाल,रन्जीत शाहनी र डेबिट शंकरको स्वर रहेको छ |करिश्मा मानन्धर, पूर्णीमा लामा, संजोग राणा, ज्याक श्रेष्ठ दिलकृष्ण श्रेष्ठ, सहिन प्रजापतिलगायतलाई प्रस्तुत गरिएको छ |बिकास चौधरीले संगीत भरेको यो गीत संजोग राणाले लेखेका हुन् भने कविराजले नै कोरियोग्राफी गरेको छन् |करिश्मा मानन्धर, जयकिसन बस्नेत, मुकेश ढकाल,पूर्णीमा लामा, संजोग राणा, दिलकृष्ण श्रेष्ठलगायतले अभिनय गरेका छन् ।सडक बालबालिकाको समस्या, चेलीबेली बेचबिखन,
बेरोगजारीलगायत तथा राजनीतिक अस्थितिरतालगायतको बिषयमा निर्माण गरिएको लक्ष्मी लामाको प्रस्तुत रहेको फिल्म झण्डै पाच दर्जन हलमा एकसाथ प्रदर्शन हुने निर्मात्री पूर्णीमाले बताएकी छिन् ।




loading...