MJ Radio
Facebook Twitter Youtube Skype
Flag

अभिनेत्री साम्राज्ञी ‘ब्राण्ड एम्बेस्डर’मा नियूक्त भईन

Published Date: 2018-04-05 00:00:00



‘एजुकेशन एण्ड माइग्रेसन कर्नर’ अष्ट्रेलियाको सिड्नीमा मुख्य कार्यालय रहेको यो संस्था काठमाडौंको पुतलीसडकलगायत अन्य शहरहरूमा रहेको छ ।‘ड्रिम्स’ र ‘ए मेरो हजुर २’ को सफलतापछि यही चैत २३ गतेबाट प्रदर्शनमा आउन लागेको तेस्रो फिल्म ‘तिमीसँग’ गरि सकेको अहिलेको निकै चर्चित र डिमाण्डमा रहेकी अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह ‘एजुकेशन एण्ड माइग्रेसन कर्नर’ को ‘ब्राण्ड एम्बेस्डर’ का रुपमा एक बर्षका लागि नियूक्त भएकी छिन् ।शाहले एजुकेशन क्षेत्रमा आफ्नै बिशिष्ट पहिचान बनाएको संस्थासँग आबद्द हुन पाउँदा खुसी महशुस गरेको बताइन् । अब उनले ‘एजुकेशन एण्ड माइग्रेसन कर्नर’ का बिभिन्न कार्यक्रमहरूमा सहभागिता जनाउने छिन् ।साम्राज्ञी शाह जस्तो प्रतिभाशाली अभिनेत्रीलाई यस संस्थाको अंग बनाउन पाऊदा गौरवान्बित महशुस गरेको ‘एजुकेशन एण्ड माइग्रेसन कर्नर’ का प्रमुख सुनिल उप्रेतीले बताए ।

loading...