MJ Radio
Facebook Twitter Youtube Skype
Flag

रोयल्टी संकलन सुरु भयो

Published Date: 2018-04-05 00:00:00



यातायात ब्यवस्था बिभागले जारी गरेको नयाँ कार्यबिधि अनुसार गीत संगीतको सार्बजनिक प्रयोग गरे बापत सार्बजनिक सवारी साधनले रोयल्टी बुझाउन सुरु गरेका छन ।
मंगलबार देखी लागु भएको नयाँ नियम अनुसार सार्बजनिक सवारी साधनका धनिहरुले संगीत रोयल्टी संकलन समाज नेपाल प्रस्तोता समाज नेपाल र संगीत उत्पादक समाज नेपालले तोकेको मापदण्ड अनुसारको रोयल्टी तिरेर अनुमति पत्र लिन सुरु गरेका हुन ।
तीन वटै सिएमओ हरुले देशका ३१ स्थानमा संगीत रोयल्टी संकलनका लागि आबस्यक तयारी सहित कर्मचारी खटाएका छन ।
उपत्यकाका तीन स्थान एकान्तकुना सानो भर्याङ र भक्तपुरको सल्लाघारीका रोयल्टी संकलन केन्द्रमा सार्बजनिक सवारी साधनका धनिहरुले रोयल्टी बुझाएर अनुमति पत्र लिएको संगीत रोयल्टी संकलन समाज नेपालका प्रमुख कार्यकारी अधिकृत मिनाक्षी कोइरालाले जानकारी दिएकीछन ।गीत संगीतको प्रयोग बापत स्रष्टा सर्जकलाई कानुनतः अनिवार्य तिनुपर्ने रोयल्टीको बिषयलाई यातायात क्षेत्रमा ब्यबस्थितरुपमा कार्यान्वयन गराउन विभागले यस अघिको कार्यबिधि र निर्देशिकालाई संसोधन गरि नयाँ ब्यबस्था गरेको हो ।
नयाँ कार्यबिधि र निर्देशिका बिभागको वेभ साइटमा राखिसकिएको र सम्बन्धित कार्यालयमा परिपत्र गरिसकिएको बिभागले जनाएको छ ।

संगीत रोयल्टी सम्बन्धि नयाँ ब्यबस्था अनुसार ठूला बसले बार्षिक दुई हजार, मिनी बसले १४ सय ट्रक तथा ट्याङकरहरुले १२ सय, टयाक्सी ,माइक्रोबस मिनिट्रक लगायतले एक हजार रोयल्टी तिनु पर्नेछ । त्यसैगरी पिक अप भ्यान रले ९ सय र टेम्पोले ८ सय बार्षिक अनिवाय रोयल्टी तिर्नु पर्ने छ ।

गीत संगीतको सार्बजनिक प्रयोग बापत यातायात क्षेत्रबाट मात्र बर्षेनी करिव २० करोड भन्दा बढि रोयल्टी संकलन हुने अनौपचारिक तथ्याङक संगीत रोयल्टी संकलन समाज नेपाल संग छ । रोयल्टीको दायरामा आउने त्यस्ता क्षेत्र झण्डै ४० वटा रहेका छन ।
ब्यबस्थित रुपमा रोयल्टी संकलन हुँदा राज्यले गीतसंगीतको क्षेत्र बाट बाट बर्षेनी करोडौ राजश्व संकलन गर्न सक्छ ।
यसरी संकलन भएको संगीत रोयल्टीको बितरण बिश्व बौद्धिक सम्पती संघठन WIPO अनुमोदन गरेको UPA प्रणाली अन्र्तगत बैज्ञानिक सर्बेक्षणका आधारमा तीनवटै सिएमओका सबै सदस्य श्रष्टा प्रस्तोता उद्योगी लभान्वित हुने गरी बितरण गर्ने अन्र्तराट्रिय प्रचलन अनुसार गरिने संगीत रोयल्टी संकलन समाज नेपालले जनाएको छ ।

बिभागले जारी गरेको नयाँ निर्देशिका र कार्यबिधिलाई छलफल नगरि एकतर्फी रुपमा जारी गरिएको भन्दै यातायात ब्यबसायि राष्ट्रिय महासंघले भने असन्तुष्टि जनाएको छ ।

संगीत रोयल्टी संकलनका बिषयमा यो नियम लागु भए पछि नेपाली गीत बजाउदा तिर्नु पर्ने तर अन्य भाषाको बजाउदा नतिर्नु पर्ने भन्ने भ्रम पनि देखिएको छ । तर जुन सुकै भाषाको गीत संगीतको सार्बजनिक प्रयोग गर्दा अनिवार्य रोयल्टी तिर्नै पर्छ । नेपालको संबिधानको धारा २५ ले बौद्धिक सम्पतीलाई अन्य सम्पती सरहको अधिकार दिएको छ । यातायता क्षेत्रबाट अहिले संकलन गरिएको रोयल्टी प्रतिलिपी अधिकार ऐन २०५९को दफा ३९ नियमावली ४१ को नियम १० र यातायात ब्यबस्था बिभाग को नियमावली को ११.११ को ४ अनुसार को ब्यबहारिक कार्यान्वयन हो । साभार

loading...