MJ Radio
Facebook Twitter Youtube Skype
Flag

चलचित्र हैरान को पोस्टर सार्वजनिक

Published Date: 2018-04-06 00:00:00



विश्वकै कान्छो निर्देशक भनेर चिनिएका सौगात बिस्टले निर्देशन गरेको चलचित्र "हैरान"को एक कार्यक्रममा पोस्टर सार्वजनिक गरिएको छ | नायक बुद्धी तामाङको साथमा सरोज खनाल ,वसिम राजा ,सत्यराज आचार्य ,गजित बिस्ट ,सागर लम्साल (बले) ,निश्मा घिमिरे ,निर्मल शर्मा ,आरोही शर्मा ,एन्जल राई ,पुस्कर रेग्मी लगायत कलाकारको अभिनय रहने छ |चलचित्रमा कथा तथा कोरियोग्राफी गम्भीर बिस्ट ,द्वन्द चन्द्र पन्तको रहेको छ भने संगीत सत्यराज आचार्य ,स्वरुपराज आचार्य ,किरण कडेल ,राजन इशान र सन्तोष श्रेष्ठको रहेको छ | चलचित्रमा नवराज उप्रेती र निरज कडेलको छायांकन ,प्रितम पाण्डेको सम्पादन रहेको छ | डान्स फेभरको ब्यानरमा बन्ने चलचित्रमा मुक्ति घले ,सृष्टि घिमिरे ,डाक्टर वाई. एल. लामा निर्माता रहेका छन् |

loading...