MJ Radio
Facebook Twitter Youtube Skype
Flag

‘कार्टुन्ज क्रु’को नया प्रस्तुति (भिडियो सहित )

Published Date: 2018-04-06 00:00:00



‘कार्टुन्ज क्रु’को फरक र दमदार प्रस्तुतिमा गायक टङ्क बुढाथोकीको स्वर र सङ्गीतमा ‘रेली माई’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।भिडियोमा कार्टुन्ज क्रुको सदस्यहरू रोज अधिकारी, आश्मा विश्वकर्मा, लाक्पा डी लामा, राम घले, सुविन चौहान र विकास राईको साथमा दृष्टि श्रेष्ठ, विजय अधिकारी र दिपेश बुढाथोकीको अभिनय रहेको छ भने निर्देशन सरोज अधिकारीले गरेको हुन र भिडियोलाई सरोजको साथमा सुविन चौहान र राम घलेले कोरियोग्राफी गरेका छन् । ज्ञानेन्द्र शर्माको छायाङ्कन रहेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् । यस गीतको कभर डान्स प्रतियोगिता आयोजना गरेका छन् जसमा उत्कृष्ट तीन प्रतियोगीलाई क्रमशः प्रथम हुनेलाई ७५ हजार, दोस्रो हुनेलाई ५० हजार र तेस्रो हुनेलाई २५ हजार रुपैयाँ पुरस्कार दिइने कार्टुन्ज क्रु का सरोज अधिकारीले बताए ।२०७५ असार १ गतेसम्म पठाईसक्नुपर्ने भिडियोको विजेता घोषणा असारको १७ गते हुनेछ । भिडियो बनाउनेहरुले आफ्नो भिडियो बनाएर thecartoonzcrewofficial@gmail.comमा पठाउनुपर्ने सरोज बताउँछन् । साथै भिडियोको बारेमा केही बुझ्नको लागि ९८१८१७८९४२ र ९८१८९९२७५४मा सम्पर्क गर्न सकिनेछ ।


loading...