MJ Radio
Facebook Twitter Youtube Skype
Flag

स्याडो एक्टमा नया भिडियो

Published Date: 2018-04-06 00:00:00



स्याडो एक्ट देखाईएर प्रविशा अधिकारी र बिष्णु आचार्यको स्वरमा ‘पखेटा’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ |मनिष बशिष्टको शब्द रहेको गीतमा राजेन्द्र सुवेदीको संगीत रहेको छ |निकेश खड्काको निर्देशनमा बनेको भिडियोलाई लेखिएका शब्दको भावलाई स्याडो एक्ट मार्फत प्रस्तुत गरिएको यो गीतलाई वान सटमै छायांकन गरिएको हो ।यस्तो भिडियो नेपालमा कमै बन्छ | गीतको लागि प्रोपर्टी डिजाइन र त्यसको व्यस्थापन सागर लामाले गरेका हुन् । सुबोल थापा, राजु नेपाली, अनन्त राई, रिना खत्री, सरिना सुनुवार, अनिमा लामाको अभिनय रहेको गीतको एरेन्ज अनिल धितालले गरेका हुन् भने मिक्सीङ फिरोज बज्राचार्यले गरेका हुन् ।मेकअप सविना लामाको रहेको छ भने उत्तम हुमागाईंले छायांकन गरेका हुन् । भिडियोलाई रुपेश खड्काले सम्पादन गरेका हुन् ।


loading...