MJ Radio
Facebook Twitter Youtube Skype
Flag

नया वर्षमा कुटुम्ब ब्यान्डको धमाका

Published Date: 2018-04-15 00:00:00



नया वर्षलाई स्वागत गर्दै कुटुम्ब ब्यान्डका कलाकारहरुले चितवनको देवनगरस्थित लेक ट्वाण्टी थाउजेण्ड फार्म रिट्रिटमा कार्यक्रमको सुरुवात गरेका थिए | दर्शकहरु कुटुम्ब ब्यान्डका गीत सुन्न निकै आतुर देखिन्थिए ।कली इण्टरटेण्मेण्ट एण्ड इभेण्ट म्यानेजमेण्ट र रञ्जना फाउण्डेसन गीतानगरले संयुक्त रुपमा आयोजना गरेको उक्त कार्यक्रमको मुख्य आकर्षण कुटुम्ब ब्यान्डका कलाकार थिए । ‘लेकाली हो चोयाको डोको‘ को धुनमा आफ्नो प्रस्तुती सुरु गरेको यो ब्यान्डले दर्शकलाई २ घण्टा सम्म नचाई रहेको थियो | १५ वटा लोक तथा आधुनिक गीतका धुनमा प्रस्तुत गरेको कुटुम्ब ब्यान्डले असारे महिनमा , बाँजो खेतमा, घर तिम्रो , तामाङ सेलो, ह्यङ्गुसिन्हा , झम्के फुली , कलिलो तामालाई ,मगर कौंडा गीत , लेकाली , माईती घर , मिरमिरे भाका , फुलको थुङ्गा , रातो पछ्यौरी , गीतको धुन सुनाएको कुटुम्बले रेशम फिरिरिको धुन बजाएर संगितिक प्रस्तुतीबाट विश्राम लिएको थियो।

यस कार्यक्रममा कलाकार व्यवस्थापन सेलिब्रिटी मैनेजमेंट नेपालले आयोजना गरेको थियो | कार्यक्रममा नेपाली रजतपटका महानायक राजेश हमाल समेत सहभागी थिए ।नेपाल आईस वियर मुख्य प्रायोजक रहेको कार्यक्रमबाट भएको आम्दानी स्थानीय सिद्धेश्वर प्राविका विद्यार्थीहरुलाई छात्रवृत्तिको लागि प्रदान गरिने कली इन्टरटेनमेन्टले जनाएको छ ।कुटुम्बको प्रस्तुती अगाडीदर्शकलाई रामपुरको ब्रोहुड ब्याण्डले समेत नेपाली तथा अंग्रेजी गीतहरुद्वारा दर्शक मनोरञ्जन दिएका थिए ।


loading...