MJ Radio
Facebook Twitter Youtube Skype
Flag

‘हैरान’ को टाइटल गीत सार्वजनिक

Published Date: 2018-04-15 00:00:00



नयाँ वर्ष २०७५ को उपहार स्वरुप चलचित्र ‘हैरान’ को शीर्ष गीत सार्वजनिक गरिएको छ ।शब्द र संगीत सत्यराज आचार्य र स्वरूपराज आचार्यको रहेको गीतमा सरोज खनाल, सत्यराज आचार्य, निर्मल शर्मा, गजित विष्ट, सागर लम्साल (बले), निश्मा घिमिरे, एन्जल राई, शिशिर भण्डारी, आरोही शर्मा लगायतका कलाकार फिचर छन् ।सत्य-स्वरूपले सरगम आचार्य र बबिता मनाधरसँग मिलेर उक्त गीत गाएका छन् ।गिरिश खतिवडाको र्‍याप रहेको छ भने यसलाई राजन इशानले एरेञ्ज गरेका हुन् ।

जेष्ठ ४ गतेलाई प्रदर्शनमा आउन लागेको चलचित्रमा विश्कै कान्छा निर्देशक सौगात विष्टले निर्देशन गरेका छन् |डेब्यु फिल्म ‘लभ यु बाबा’ मार्फत नै सौगात विश्वका कान्छा निर्देशक घोषित भएका थिए ।गीतमा गम्भीर विष्टको कोरियोग्राफी रहेको छ |फिल्ममा नवराज उप्रेती र निरज कडेलको छायांकन, अमित श्रेष्ठको मिक्सिङ र ब्याक ग्राउण्ड स्कोर, अनन्त घिमिरेको कलर र भीएफएक्स, प्रितम पाण्डेको सम्पादन रहेको छ ।

डान्स फेभरको ब्यानरमा निर्मित फिल्ममा मुक्ति घले, सृष्टि घिमिरे, डाक्टर वाई एल लामा निर्माता रहेका छन् भने सम्झना पोखरेल कार्यकारी निर्मात्री रहेकी छिन ।फिल्मका कथा तथा कोरियोग्राफी गम्भीर बिस्ट, द्वन्द चन्द्र पन्त, संगीत सत्यराज आचार्य, स्वरूपराज आचार्य, किरण कँडेल, राजन इशान र सन्तोष श्रेष्ठ रहेका छन् ।


loading...