MJ Radio
Facebook Twitter Youtube Skype
Flag

नब गायिकाको अवार्ड सारिकालाई

Published Date: 2018-04-15 00:00:00



रापती समाज काठमाडौंले हरेक वर्षझैं यस वर्ष पनि म्युजिक अवार्डका लागि विभिन्न विधाहरुमा अवार्ड वितरण गरेको छ । समाजले ‘छैठौं राष्ट्रिय रापती म्युजिक अवार्ड– २०७४’का लागि विभिन्न ३७ विधामा ४२ जनालाई अवार्ड वितरण गरेको हो ।

सो अवसरमा यस बर्षको सर्बोत्कृष्ट नब गायिकाको अवार्ड सारिका घिमिरेले चुमेकी छन् । उनको पहिलो एल्वम ‘मोहनी’मा रहेको गीत ‘के देखेर माया लायौ…’बाट सर्बोत्कृट नब गायिका को अवार्ड पाउन सफल भएको हो । दर्जनौ चलचित्रबाट नायिकाका रुमा नेपाली फिल्मक्षेत्रमा स्थापित सारिका घिमिरे गायिकाका रुपमा पनि चर्चा कामाउँन थालेकी छन् ।

अवार्डमा गायिका अन्जु पन्त र गायक अजर जंगम उत्कृष्ट गायक गायिका बन्न सफल भए भने सङ्गीतकार हरि लम्साल उत्कृष्ट सङ्गीतकारको रुपमा अवार्ड चुम्न सफल भए । त्यसैगरी गायिका टीका पुन र खुमन अधिकारी लोकदोहोरीतर्फ उत्कृष्ट गायक गायिका बन्न सफल भए । सांस्कृतिक सस्थानसँगको सहकार्यमा आयोजित कार्यक्रममा वरिष्ठ वाँसुरीवादक प्रेम राणा औतारीलाई लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको थियो ।

उर्जा, जलस्रोत तथा सिञ्चाइ मन्त्री वर्षमान पुन ‘अनन्त’को प्रमुख आथित्यतामा आयोजित कार्यक्रममा समाजका महासचिव प्रवीणकुमार रेग्मीले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने निर्णायक मण्डलको तर्फबाट निर्णय हस्तान्तरण गर्दै कार्यक्रमको निर्णायक तथा राष्ट्रियसभा सदस्य वरिष्ठ गायिका कोमल ओलीले आफ्नो धारणा व्यक्त गरिन । सांस्कृतिक सस्थानका महाप्रबन्धक राजेश थापाले अध्यक्षता गरेको कार्यक्रमलाई समाजका अध्यक्ष शशि शर्मा मजगैंयाले सञ्चालन गरेका थिए ।

विभिन्न गायक गायिकाको साङ्गीतक प्रस्तुतिका साथै कलाकारहरुले अवार्ड कार्यक्रमलाई मनोरञ्जनात्मक बनाएका थिए ।

अवार्ड विजेताहरुको नामावली

१) राष्ट्रिय भावको गीत –यम भण्डारी
२) चलचित्र गीत रचनाकार– मुक्त उदास
३) चलचित्र संगीतकार – अर्जुन पोख्रेल
४) चलचित्र गायिका – विन्दु परियार
५) चलचित्र गायक – सुरेश लामा
६) सुगम संगीत नव गायिका – सारिका घिमिरे
७) सुगम संगीत नव गायक – रूद्र शेखर शर्मा
८) युगल गायन – यस राज कुमार र मेलिना राई
९) गजल– विपिन किरण
१०) संगीत संयोजक ९चलचित्र, आधनिक, पप०–सुदिप सागर
११) ध्वनी मिश्रण – श्याम स्वेत रसाइली
१२) नव प्रतिभा राप्ती – समिक्षा पौडेल
१३) डायश्पोरिक गीतकार – राखी गौचन
१४) राप्ती बहुमुखी प्रतिभा – सिर्जु अधिकारी
१५) राप्ती बाल प्रतिभा – सुप्रिया पाण्डे
१६) सुगम गीत रचनाकार – भावेष भुमरी
१७) सुगम संगीत संगीतकार – हरि लम्साल
१८) म्युजिक भिडियो निर्देशक ९आधुनिक पप० – क्रान्ति के।सी
१९) सुगम संगीत म्युजिक भिडियो मोडल महिला– सुष्मा अधिकारी
२०) सुगम संगीत म्युजिक भिडियो मोषल पुरूष– दुर्गेश थापा
२१) सुगम संगीत गायिका – अञ्जु पन्त
२२) सुगम संगीत गायक – अजर जंगम
२३) सुगम संगीत एल्वम – दीप दर्पण९दर्पण०
२४) पप गीत – हिमाल श्रेष्ठ
२५) म्युजिक भिडियो छायाँकार – राजेश घिमिरे
२६) म्युजिक भिडियो सम्पादक – निशान घिमिरे
२७) लोक गीत– गणेश गुरूङ
२८) लोक दोहोरी नव गायिका – भूमिका गिरी
२९) लोक दोहोरी नव गायक – यज्ञ वि।क
३०) लोक दोहोरी संगीत संयोजक– केशव बडु
३१) लोक दोहोरी शब्द – कस्तुप पन्त
३२) लोक दोहोरी भाका –वसन्त थापा
३३) लोक दोहोरी गायिका – टिका पुन
३४) लोक दोहोरी गायक – खुमन अधिकारी
३५) सुगम संगीत मोडल महिला – सारिका के।सी
३६) लोक दोहोरी मोडल पुरूष – महेन्द्र गौतम
३७) लोक दोहोरी भिडियो निर्देशक – स्मृति तिमिल्सिना
३८) एस एम एस अवार्ड – बवि गुरूङ निश्चल
३९) जुरी अवार्ड – सनम कठायत
४०) पब्लिक च्वाइस अवार्ड – राजन राज सिवाकोटी
४१) एप्रिसिएसन अवार्ड – शान्त शिशिर र देवराज आचार्य
४२) इन्करेजमेण्ट अवार्ड – सन्देश शाह

loading...