MJ Radio
Facebook Twitter Youtube Skype
Flag

चर्चित हास्यँकलाकार मनोज गजुरेल चलचित्रमा डेब्युका गर्दै

Published Date: 2018-04-17 00:00:00



चलचित्र क्षेत्रम डेब्यु गर्दै चर्चित हास्यँकलाकार मनोज गजुरेलको मुख्य भूमिका रहेर चलचित्र ‘सयकडा दश’को बौद्ध नयाँबस्तीस्थित सर्वेश्वर महादेव मन्दिरमा छायाङ्कन सुरु भएकाे छ ।‘डेब्युका लागि उपयुक्त चलचित्रको पर्खाइमा थिएँ’ गजुरेलले भने, ‘म कमेडी विधाकै भए पनि मेरो विचारमा चलचित्रको भूमिका सामाजिक उत्तरदायित्व पनि हुनुपर्छ भन्ने हो । सयकडा दश यी दुईको उपयुक्त मिश्रण हो मेरा लागि ।’ राजाराम पौडेलले माला लगाएर गजुरेललाई चलचित्र क्षेत्रमा स्वागत गरेका थिए ।चलचित्रमा अमृत ढुंगाना, नव नायिका करुणा श्रेष्ठ जोडीको रूपमा देखिने भएका छन् । त्यस्तै रवि डंगोल, रश्मि भट्ट, उत्सव न्यौपाने, अमित पोखरेल, सोनिया राई, कुमार कार्की, प्रसिद्ध थापा र मानस्वी निरौला लगायतका कलाकारको चलचित्रमा मुख्य भूमिका रहने छ ।

प्रेमगीत २ निर्देशक रामशरण पाठकले चलचित्र निर्देशन गर्दै छन् भने रामेश्वर कार्कीको छायाङ्कन, बनिश शाहको सम्पादन, दिलीप ओखेडाको नृत्य निर्देशन, कल्याण सिंहको सङ्गीत छ । युट्युव स्टार गायक स्वप्न सुमनले पाश्र्वगायनमा त्रिशाला गुरुङ र सन्देश पाठकसँग टीमअप गर्दै छन् । दर्शन नेपाल क्रिएसन प्रालिको ब्यानरमा बन्न लागेको चलचित्रलाई रज्जु प्रधान र उत्तम खत्रीले निर्माण गर्न लागेका हुन् । काठमाडौँ र पोखरामा छायाङ्कन गरिने चलचित्रको सेड्युल झन्डै एक महिनाको हुने जानकारी निर्देशक पाठकले दिए ।

loading...