MJ Radio
Facebook Twitter Youtube Skype
Flag

सत्य /स्वरुप राजको बिशेष प्रस्तुतिमा डिसीमा च्यारिटी सो कार्यक्रम हुदै

Published Date: 2018-05-01 00:00:00



सत्य /स्वरुप राज आचार्यको बिशेष प्रस्तुतिमा लामो समय देखि जिब्रोको क्यान्सर (अबुर्द )रोग बाट पिडित नेपालका ख्याती प्राप्त वरिष्ठ कलाकार भक्त राज आचार्यको सहयोगार्थ डिसीमा च्यारिटी सो ( सहयोगार्थ प्रदर्शन )कार्यक्रम हुनेछ ।जुन २ तारिख शनिबार साँझ ७ बजे हुने कार्यक्रम आर एन आर समुहको प्रस्तुतिमा हुनेछ ।भर्जिनिया को फेयर फ्याक्स स्थित तन्दुरी नाइट्स चमेना गृहमा कार्यकम हुदैछ ।टिकट मुल्य (प्रवेश शुल्क )$ ३० डलर रात्री भोजन सहित समाबेश गरिएको छ । अन्य जानकारीको लागि रोशन पुरी लाई ७०३ -६२५-७३२९ मा सम्पर्क गर्न सकिने छ ।

loading...