MJ Radio
Facebook Twitter Youtube Skype
Flag

वैशाख २८ मा हिरोज् आउने भयो

Published Date: 2018-05-02 00:00:00



चैत्र २३ मा प्रदर्शनमा आउने भनिएको पूर्णिमा लामाको निर्माणमा बनेको चलचित्र हिरोज् प्राविधिक कारण देखाउँदै वैशाख २८ मा प्रदर्शन हुने भएको छ ।फिल्ममा करिश्मा मानन्धर, जयकिसन बस्नेत, मुकेश ढकाल, पूर्णिमा लामा, संजोग राणा, दिलकृष्ण श्रेष्ठलगायतका कलाकारले अभिनय गरेका छन् ।फिल्म वैशाख २८ मा दर्शकमाझ आउने पक्का निर्मात्री पूर्णिमाले जानकारी दिईन ।लक्ष्मी लामाको प्रस्तुत रहेको फिल्मको निर्मातामा शेखर लामा, युवराज लामा र संजोग राणा छन् । कमल राई, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी रहेको फिल्म शिव ढकाल र रामशरण उप्रेतीले खिचेका हुन् ।फिल्मको वितरण श्रीराम बालाजी फिल्मस्का सुनिल मानन्धरले गर्दै छन् ।
निर्मात्रीका रूपमा समेत आफू सफल हुने विश्वास पूर्णिमाको छ । पूर्णिमा अभिनीत रेलिमाइ र नेप्टे दर्शकमाझ आइसकेका छन् । हिरोज्सँगै सोही मितिमा गोपालचन्द्र लामिछाने निर्देशीत लम्फू प्रदर्शनमा आउदैछ ।

loading...