MJ Radio
Facebook Twitter Youtube Skype
Flag

चलचित्र डोलि को छायाँकन सुरु भयो

Published Date: 2018-05-02 00:00:00



सामाजिक कथाबस्तुमा आधारित फिल्म डोलि को छायाँकन सुरु गरिएको छ । नुवाकोटको सुन्दर फिल्मको छायाँकन यसै सातादेखि सुरु भएको हो । नुवाकोट सहित फिल्मको छायाँकन रारा, जुम्ला र काठमाण्डौमा हुने निर्माता किरण नेपालीले बताएका छन् ।राज बहादुर सानेको निर्देशन रहने फिल्ममा किशोर खतिवडा, अर्जुन गुरुगं, भंगेरी डन, हिमवाला गौतम, नविनराज रेग्मी, शानिया खान, संगिता नापित, शतिस खत्री तथा बिरने डिसी लगायतका कलाकारको अभिनय छ । फिल्ममा सिडी बिजय अधिकारी, राजकुमार बगर र बाबुल गिरीको संगीत दिएका छन् । कोरियोग्राफी रामजी लामिछानेले गर्नेछन् । फिल्मलाई जय राम थापाले खिच्दैछन् । डोलीको प्रदर्शन मिति भने असार २९ गतेलाई तोकिएको छ ।

loading...