MJ Radio
Facebook Twitter Youtube Skype
Flag

सिमान्त सन्तोषको स्वरमा चलचित्र ‘तिम्रै लागी हो’ को ‘जाली रुमाल’ गीत सार्वजनिक

Published Date: 2018-05-07 00:00:00



गायक सिमान्त सन्तोष र एन्जिलाको स्वरमा चलचित्र ‘तिम्रै लागी हो’ को ‘जाली रुमाल’ गीत सार्वजनिक भएको छ । गीतमा गुनाखर पनेरुको शब्द रहेको छ भने भीम विसीको सङ्गीत रहेको छ ।दीप श्रेष्ठको कोरियोग्राफर, रामकुमार कडेरिया (आलोक)को निर्देशनमा बनेको चलचित्रलाई टेकेन्द्रनाथ र गोविन्दनाथले मिलेर निर्माण गरेका हुन् ।चलचित्रमा दिवस नाथ, अलिशा चन्द, दीपक नेगी, एश्वर्या विष्ट, गुनाखर पनेरुलगायतका कलाकारको अभिनय रहेको छ ।यूपी इन्टरटेन्मेन्ट प्रा.लि.को व्यानरमा निर्माण भएको चलचित्रमा सिमशोन तामाङको द्वन्द्व, शाहिल चौधरीको छायाँकन, अमित विक र अनिकुमार महर्जनको सम्पादन रहेको छ ।


loading...