MJ Radio
Facebook Twitter Youtube Skype
Flag

मनोज पन्तको “ बोल मनको कुरा खोल ” पुस्तक विमोचन

Published Date: 2018-05-07 00:00:00



पुर्व मन्त्रि तथा समाजसेवी बिक्रम पाण्डेले विद्यार्थीहरुलाई व्यवहारिक ज्ञान दिनुपर्नेमा जोड दिनुभएको छ । कालिका एफ.एमका वरिष्ठ कार्यक्रम प्रस्तोता मनोज पन्तको उद्घोषण सँग सम्बिन्धित “ बोल मनको कुरा खोल ” नामक पुस्तकको विमोचन कार्यक्रममा प्रमुख अतिथीका रुपमा बोल्दै उहाँले सो कुरा बताउँनुभएको हो । साथै उहाले युवा विद्यार्थीहरुलाई पुस्तक प्रेरणादायी हुने विश्वास ब्यक्त गर्नुभयो ।

कार्यक्रममा बोल्दै प्रदेश ३ का सांसद रिना गुरुङले मुलुक संघिय संरचनामा गईसकेपछि त्यसै अनुसार नयाँ ब्यबहारिक शिक्षा प्रणाली लागु गरिनुपर्ने बताउँनु भयो । भरतपुरका बिभिन्न ५ बिद्यालयमा उद्घोषण कक्षा सञ्चालन गदै आईरहनु भएका पन्तको पुस्तकमा ३२ वटा बिषयहरु समावेश गरिएको प्रकाशक करिश्मा थापाले जानकारी दिनु भयो । सो पुस्तक आधारभुत तथा माध्यमिक तहका बिद्यार्थीको लागि लक्षीत गरी लेखिएको हो । पुस्तक संगै प्रयोगात्मक पनि भए बिद्यार्थीहरुमा बोल्ने कलाको बिकास हुने लेखक मनोज पन्तले बताउनु भयो । साथै उहाँले डेढ दशकको आफ्नो अनुभवलाई पुस्कतकमा उतारेको समेत जानकारी दिनु भयो ।

कार्यक्रममा संस्थागत विद्यालय अभिभावक संघका अध्यक्ष सुर्यकान्त न्यौपाने, ग्रीनल्याण्ड पब्लिक स्कुलका प्राचार्य ईन्दिरा कार्की, प्रेरणा स्कुलका प्राचार्य मोहन लामा, नारायणी पब्लिक स्कुल ब्यबस्थापन समिती अध्यक्ष राजेश्वर खनाल, हिलबर्ड बोर्डीङ स्कुलका प्राचार्य लेखनाथ खनाल लगायतले मन्तब्य राख्नु भएको थियो । कालिका एफ एमका बरिष्ठ समाचार वाचक द्वारिका नेपालले संञ्चालन गर्नुभएको पुस्तक विमोचन कार्यक्रम प्रकाशक करिश्मा थापाको अध्यक्षतमा सम्पन्न भएको थियो ।



loading...