MJ Radio
Facebook Twitter Youtube Skype
Flag

चलचित्र ‘सुनकेशरी’को ‘मायाले छोई’सार्वजनिक

Published Date: 2018-05-07 00:00:00



शुक्रवार राती अभिनेत्री ऋचा शर्माको निर्माणमा बनेको चलचित्र ‘सुनकेशरी’को रोमान्टिक गीत ‘मायाले छोई’सार्वजनिक भएको छ । चलचित्रमा सन्नी र लउरेनको साथमा अभिनेत्री ऋचा शर्मा, रविन्द्र झा लगायतको कलाकारको अभिनय रहेको छ । जेठ ११ गते प्रदर्शनमा आउन लागेको चलचित्रको सार्वजनिक गीतमा सनुप पौडेलको स्वर रहेको छ भने कालीप्रसाद बाँस्कोटाको शब्द, सङ्गीत रहेको छ ।भिडियोमा कलाकार सन्नी ढकाल र लउरेन अभिनित छन् ।
हरर जनरामा बनेको चलचित्रलाई अभिनेता अर्पण थापाले निर्देशन गरेका हुन् भने लेखन थापा स्वयंमको रहेको छ । चलचित्रलाई ऋचासँगै भीम न्यौपाने र शर्मिला सापकोटाले संयुक्त रूपमा लगानी गरेका हुन् ।


loading...