MJ Radio
Facebook Twitter Youtube Skype
Flag

रेखाको ‘मालिका’ आउदै

Published Date: 2018-05-08 00:00:00



रेखा फिल्मसको पाँचौँ प्रस्तुतिमा अभिनेत्री रेखा थापाको निर्देशनमा चलचित्र ‘मालिका’को छायाङ्कन सुरु भएको छ ।सोमबार बिहान पशुपतिमा पूजाआजा गर्दै बालुवाटारबाट छायाङ्कनको पहिलो दिन रेखा र नर बहादुर कार्कीको आउट डोर सट भएको मुख्य सहायक निर्देशक नवराज आचार्यले जानकारी दिए ।चलचित्रमा रेखा र नरबहादुर सँगै जाजरकोटकी चौध वर्षीय बालिका कमला ओलीको मुख्य भूमिका रहनेछ ।रेखाको आफ्नै कथा र कन्सेप्ट रहेको चलचित्रमा सुरेश अधिकारीको सङ्गीत रहेको छ भने रामशरण उप्रेतीको छायाङ्कन रहेको छ ।चलचित्र कात्तिक २१ गते लक्ष्मी पूजाको दिन प्रदर्शनमा आउने तयारीमा छ ।

loading...