MJ Radio
Facebook Twitter Youtube Skype
Flag

मनीषा कोइरालाले अभिनेत्री नर्गिस दत्तको भूमिकामा निर्वाहा गर्दै

Published Date: 2018-05-09 00:00:00



अभिनेत्री मनीषा कोइराला संजय दत्तकी आमा अभिनेत्री नर्गिस दत्तको भूमिकामा देखिने भएकी छिन् ।उनि भन्छिन्, चलचित्र ‘सञ्जु’ मा अतिथी भूमिकामा रहेको र ‘यो कुनै पनि अभिनेत्रीका लागि एक ‘ड्रिम रोल’ हो । यूसुफ मर्चेटको किताब ‘ह्याप्पीनेस-लाइफ लेसन फ्रम ए क्रिएटिभ एडिक्ट’ सार्वजनिक गर्दै उनले ‘सञ्जु’ मा उनको भूमिका निर्वाहा गर्नु सम्मानको कुरा रहेको मनीषा बताउछिन् । ‘सञ्जु’ मा अनुष्का शर्मा, सोनम कपूर, परेश रावल, मनीषा कोइराला, जिम सरभ, विक्की कौशल, बोमन ईरानी, दीया मिर्जा र करिश्मा तन्ना प्रमुख भूमिकामा छन् ।चलचित्रमा रणवीर कपूरले संजय दत्तको भूमिका निर्वाहा गरेका छन् ।चलचित्र २९ जूनमा रिलिज हुँदैछ ।‘सञ्जु’ अभिनेता सञ्जय दत्तको जीवनमा आधारित छ । यो चलचित्रलाई राजकुमार हिरानीले निर्देशन गरेका हुन् । विधू विनोद चोपडा उक्त चलचित्रका निर्माता हुन् ।

loading...