MJ Radio
Facebook Twitter Youtube Skype
Flag

निर्देशक गोपालचन्द्र लामिछानेले चलचित्र ‘लम्फू’ हेर्नैपर्ने कारणहरु खुलाएका छन्

Published Date: 2018-05-09 00:00:00



चलचित्र ‘लम्फू’ यहि शुक्रबार देशभर रिलीज हुँदैछ । एक युवाको आफ्नो जीवनमा हरेक दिन आईपर्ने सबै समस्याहरुलाई चलचित्रको शुरु देखी अन्तिमसम्म बोकेको बताईएको छ ।चलचित्रमा प्रमूख भुमिका नव-नायक कबिर खड्काले निभाएका छन् । उनका साथमा सलोन बस्नेत पनि छन् । कबिर र सलोनका अलावा मरिष्का पोखरेल, चाँदनी शर्मा, सञ्जीत भण्डारी, आयान खड्का, कुशाग्र भट्टराई, कुशुम श्रेष्ठ (तरकारीवाली) लगायतको अभिनय रहेको छ ।

चलचित्रका निर्देशक गोपालचन्द्र लामिछानेले यो चलचित्र हेर्नैपर्ने केहि कारणहरु खुलाएका छन् ।‘यो चलचित्रमा आफ्नोपन छ, चरित्र चित्रणमा पनि पूर्णतया आफ्नोपन छ । ‘लम्फू’ले पूर्ण मनोरञ्जन दिन्छ’ लामिछाने भन्छन्, ‘चलचित्र हेर्नुको मूल ध्येय मनोरञ्जन लिनु हुन्छ, हामीले बनाउनुको अर्थ मनोरञ्जन दिनु हुन्छ । ‘लम्फू’मा ति तत्वहरुको पूर्ण प्याकेज छ’ ।निर्देशक लामिछानेका अनुसार अभिनेता सलोन बस्नेतको फरक भूमिका रहेको र ‘सलोनका फ्यानले उनलाई नयाँ रुपमा पाउनेछन् । चलचित्रबाट नेपाली चलचित्रमा आएका कबिर खड्काले निकै खारिएको अभिनेताले जसरी नै काम गरेको लामिछानेको भनाई छ । चलचित्र क्षेत्रमा कबिरले निकै राम्रो सम्भावना बोकेको उनको दावी छ । कबिरको अभिनय प्रतिक्षा गर्नेहरुले पनि यो चलचित्र हेर्नैपर्ने निर्देशक लामिछानेले बताए । चलचित्रमा रहेका सम्पूर्ण कलाकारहरुको अभिनय उत्तिकै शसक्त रहेको लामिछानेको दावी छ ।यो चलचित्रलाई पपुलर मल्टीमिडियाको लागी शक्तिबल्दभ घोरासैनीले निर्माण गरेका हुन् ।

loading...