MJ Radio
Facebook Twitter Youtube Skype
Flag

चलचित्र ‘क्याप्टेन’ मा दुई चर्चित कलाकारको आगमन भयो

Published Date: 2018-05-10 00:00:00



युवा स्टार अनमोल केसीको प्रमुख भूमिका रहेर उनको साथमा उपासना सिंह ठकुरी, प्रियंका एमभी, सरोज खनाल, प्रशान्त ताम्राकारको अभिनय रहेको चलचित्र ‘क्याप्टेन’ मा दुई चर्चित कलाकारहरु सुनिल थापा र विल्सन विक्रम राई (तक्मे बुढा) अनुबन्धित भएको खबर एति बेला सामाजिक संजालमा चर्चा बनिरहेको छ ।‘ऐश्वर्य’ फेम निर्देशक दीवाकर भट्टराईले निर्देशन गर्ने यस चलचित्रको आइतबारबाट दोस्रो चरणको सुटिङ सुरु भएको छ । पहिलो चरणको सुटिङ भने गएको हप्ता इलाममा दुई दिन चलेको थियो । अहिले दमकको एक खेल मैदानको चलचित्रको छायांकन भइरहेको छ । चलचित्रको निर्मातामा भुवन केसी रहेका छन् भने सुनिल थापाको केमियो भूमिका रहने र उनि राष्ट्रिय फुटबल प्रशिक्षकको भूमिकामा देखिनेछन् ।पूर्वको एउटा सानो गाउँबाट राष्ट्रिय फुटबल खेलको विजेतासम्म बनेका एक युवकको संघर्षको कथा चलचित्र ‘क्याप्टेन’ ले बोल्नेछ । अनमोल यसमा पहिलो पटक फुटबल खेलाडीको भूमिकामा देखिँदैछन् ।

loading...