MJ Radio
Facebook Twitter Youtube Skype
Flag

व्यांग्यत्मक असन्तुष्टि निश्चलको अवार्ड मनोनयनप्रति

Published Date: 2018-05-10 00:00:00



निर्देशक तथा निर्माता निश्चल बस्नेतले नेपाली फिल्म अवार्डको मनोनयनप्रति आफ्नो फेसबुकमा स्टटासमा व्यांग्यत्मक असन्तुष्टि देखाएका छन् ।केही साता पहिले सम्पन्न एनएफडिसी अवार्ड र भर्खरै सार्वजनिक भएको डि सिने अवार्डलाई लक्षित गर्दै ‘लुट’ निर्देशक बस्नेतले व्यांग्यत्मक स्टाटस लेखेका हुन् ।

एक लाख आठ हजार भन्दा बढी फलोअर्स भएको आफ्नो फेसबुक अकाउन्टमा निश्चल लेख्छन्, ‘फिल्म अवार्ड नोमिनेशन ! आर यु कमेडी मि ?’ निश्चलले लेखेको यो स्टाटसको सिधा अर्थ पछिल्लो समय सार्वजनिक भैरहेका अवार्डका मनोनयनहरु मनोपोली रुपमा भैरहेका छन् । जसले गर्दा उनलाई गिज्याइरहेको भान भैरहेको छ ।

loading...