MJ Radio
Facebook Twitter Youtube Skype
Flag

प्रधानसेनापतिको रात्री भोजमा कलाकारहरु सरिक

Published Date: 2018-05-10 00:00:00



कलाकार समेत रहेका अनुरागमानसिंह कुँवरको संयोजकत्वमा प्रधानसेनापति राजेन्द्र बहादुर क्षेत्रीले नेपाली कलाकर्मीलाई रात्री भोज दिएका छन् । मंगलबार, सानेपास्थित शशी भवनमा प्रधानसेनापति र कलाकर्मीबिच रातको ११ बजेसम्म भोज चलेको थियो । प्रधानसेनापतिको रात्री भोजमा दर्जनौं कलाकर्मी उपस्थित थिए । त्यहाँ बरिष्ठ अभिनेता हरिवंश आचार्य दम्पत्तीदेखि नायक प्रदीप खड्का र नायिका पूजा शर्मासम्मको उपस्थिति थियो ।

यस्तै अभिनेत्री गौरी मल्ल, अभिनेता रमेश उप्रेती, दीलिप रायमाझी, ‘छक्का पञ्जा’ का राजा दीपकराज गिरी, जितु नेपाल, सन्तोष पन्त, केदार घिमिरे दम्पत्ती, किरण केसी, शिवहरी पौडेल, निर्मल शर्मा पनि प्रधानसेनापतिको रात्री भोजमा सरिक भए । टेलिभिजनकर्मी भूषण दाहाल, सुरजसिंह ठकुरी, सन्दिप क्षेत्रीको टिम पनि त्यहाँ उपस्थित थियो ।

एक्सन किंग शिव श्रेष्ठ, सदाबहार अभिनेत्री करिश्मा मानन्धर, ब्लकबस्टर निर्देशकद्वाय दिपाश्री निरौला र झरना थापा, ‘कान्छी’ नायिका श्वेता खड्का प्रधानसेनापतिले दिएको रात्री भोजको आकर्षणको केन्द्रमा परे । आकर्षणको केन्द्रमा नायिका प्रियंका कार्की अनि केकी अधिकारी थपिए ।

साइँला अर्थात् नायक गौरव पहारी, नायिका नम्रता श्रेष्ठ, कलाकार बुद्धि तामांग लगायत प्रधान सेनापतिको रात्री भोेजमा देखिए । कलाकर्मीसँग सामिप्यता बढाउँन प्रधान सेनापतिले रात्री भोज दिएको संयोजक कुँवरले बताए ।

गायक रामकृष्ण ढकाल, सत्यस्वरुप, नेपाल आइडलका तेश्रो विजेता प्रताप दास, नेपाल आइडलकै सुरजा थापा पनि प्रधान सेनापतिको रात्री भोजमा उपस्थित थिए । सत्य स्वरुप र सुरजले केही गीत समेत गाएका थिए ।

loading...