MJ Radio
Facebook Twitter Youtube Skype
Flag

गायक शंकर थापा ‘स्माईल’ र गायिका सुमि चाम्लिङ राईको स्वरमा “फास्ट–फास्ट” (कल्पना) सार्वजनिक

Published Date: 2018-05-11 00:00:00



“डश म्युजिक” र चाम्लिङ ईन्टरटेइन्टमेन्टले फेरि पनि सबैलाई नचाउन नयाँपनको गीत “फास्ट–फास्ट” (कल्पना) बोलको म्युजिक भिडियो यूट्युबमार्फत सार्वजनिक गरेको छ ।गायक शंकर थापा ‘स्माईल’ र गायिका सुमि चाम्लिङ राईको स्वर रहेको गीतमा गीतकार डि.पी. खनालको शब्द रचना रहेको छ भने प्रतिभाशाली संगीतकार एवं गायक शंकर थापा ‘स्माईल’को संगीत रहेको छ ।गीतमा उदयराज पौडेल को संगीत संयोजन रहेको छ ।

एपीवान टेलिभिजनमार्फत प्रशारित रियालिटी शो “बुगिबुगी”कि निर्णायक प्रियंका कार्की र भारतीय टेलिभिजन शो डिआईडीबाट आफूलाई चिनाउन सफल कोरियोग्राफर तथा निर्देशक सुनिल क्षेत्रीको साथमा डान्स ग्रुप “नेपाली ठिटोज” को धमाकेदार नृत्य तथा अभिनय रहेको छ । म्यूजिक भिडियोलाई अनिल कुमार मानन्धरले खिचेका छन् भने विकास ज्ञवालीले सम्पादन गरेका छन् । सुनिल क्षेत्रीकै कोरियोग्राफी र निर्देशन रहेको यस गीतको अडियो भिडियो डश म्युजिक नेपाल र चाम्लिङ ईन्टेरटेईन्मेन्टको सहकार्यमा प्रकाशन गरिएको हो ।



loading...