MJ Radio
Facebook Twitter Youtube Skype
Flag

नायक पुष्प खड्का ‘छक्का पन्जा ३’ मा अनुबन्धित

Published Date: 2018-05-13 00:00:00



दशैँको फूलपातिबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘छक्का पन्जा ३’ मा पुष्प खड्का अनुबन्धित भएका छन् ।उनले दर्पण छाया-२ र मङ्गलममा अभिनय गरिसकेका छन् । सुर्यबिनायक मन्दिर शुभ मुर्हत गरिएको फिल्मको छायाङ्कन सुरु भैसकेको छ । रेकर्ड ब्रेकर ‘छक्का पन्जा’ को सिक्वेल ‘छक्का पन्जा ३’ को स्क्रिप्टमा समय नपुगेको र आफुलाई चित्त नबुझेको भन्दै निर्माण टिमले सुटिङ केही दिन पर सारेको थियो । वैशाख १७ गतेबाट फ्लोरमा जाने भनिएको फिल्मको आन्तरिक तयारी नपुगेको भन्दै सुटिङ सारिएको थियो ।दीपाश्री निरौलाको निर्देशन बन्न लागेको फिल्ममा दीपकराज गिरी, जितु नेपाल, शिवहरी पौडेल, केदार घिमिरे, वुद्दि तामाङ लगायतका कलाकारहरुसँगै यस पटक नायिका दीपिका प्रसाई ‘छक्का पन्जा’ टिममा जोडिएकी छिन् भने नायिका प्रियंका कार्की विशेष अतिथिको भूमिकामा देखिने छिन् । फिल्ममा पुरुषोत्तम प्रधानको छायाङ्कन रहनेछ ।

loading...