MJ Radio
Facebook Twitter Youtube Skype
Flag

चलचित्र ‘बोबी’को नर्वेमा प्रिमियर सो सम्पन्न भयो

Published Date: 2018-05-13 00:00:00



रियल जोडीको कथामा बनेको कविता गुरुङ र उमेश थापाको मुख्य भूमिका रहेको चलचित्र ‘बोबी’ले नर्वेमा भव्य प्रिमियर सो सम्पन्न गरेको छ ।करिब ४ सय बढी उपस्थित रहेको सो नर्वेको ओस्लोस्थित भीका भिक्टोरिया हलमा चलचित्रको प्रिमियर आयोजना गरिएको थियो ।निर्देशक चाम्सका अनुसार सबटाइटलसहितको चलचित्र हेर्न नर्वे, इटाली, माल्टा, युके लगायत देशका नेपालीसँगै विदेशी पनि उपस्थित थिए । सफल प्रिमियर पश्चात् चाम्सले नेपाली सिनेमा बजारको अर्को ढोका खोल्न सफल भएकोमा खुसी व्यक्त गरे ।चाम्स इन्टरटेनमेन्ट र लन्डन आई इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको ‘बोबी’मा सञ्चारकर्मी नरेश भट्टराईको स्क्रिप्ट, नवराज कृष्ण थापाको छायाङ्कन, अर्जुन जिसीको सम्पादन र ताराप्रकाश लिम्बुको सङ्गीत रहेको छ ।चलचित्रमा कविता र उमेशको अलावा विजय लामा, रुबी राणा शाह, देशभक्त खनाल, रश्मि भट्ट, रवि गिरी, सुरवीर पण्डित, बादल भट्ट, पूर्णिमा लामा, शिशिर राणा लगायतका कलाकारको अभिनय रहेको छ ।

loading...