MJ Radio
Facebook Twitter Youtube Skype
Flag

‘परमाणु-द स्टोरी अफ पोखरण’ को ट्रेलर सार्वजनिक

Published Date: 2018-05-13 00:00:00



२५ मेमा रिलिज हुन लागेको बलिउड अभिनेता जोन अब्राहमको चलचित्र ‘परमाणु-द स्टोरी अफ पोखरण’ को ट्रेलर सार्वजनिक भएको छ ।प्रोडक्सन ब्यानर जेए इन्टरटेनमेन्ट र र क्रिअर्ज इन्टरटेनमेन्टबीचको विवादका कारण यो चलचित्र रिलिज हुन सकिरहेको थिएन ।

जेए इन्टरटेनमेन्टद्वारा जारी विज्ञप्तीका अनुसार, बम्बई हाईकोर्टमा फिल्मसँग सम्बन्धित मामलामा भइरहेको प्रगतिपश्चात चलचित्र २५ मेमा संयूक्त रुपमा जेए इन्टरटेनमेन्ट, जी स्टूडियोज र काइटा प्रोडक्सनको ब्यानरबाट रिलिज हुँदैछ ।धेरै सफल चलचित्रपछि ‘परमाणु’ जोनका लागि निकै महत्वपूर्ण चलचित्र हो । यो चलचित्र परमाणु नगरी पोखरणमा ११ र १३ मे १९९८ मा लगातार भएको पाँच परमाणु परीक्षणमा आधारित छ ।

चलचित्रको निर्देशन अभिषेक शर्माले गरेका हुन् ।चलचित्रको कहानी ६ जनाको वरिपरि घुम्छ, जो दुनियाँदेखि लुकाएर पोखरणको सिमामा भारतका लागि परमाणु परीक्षण गर्ने गर्दछन् ।जोनको होम प्रोडक्शन हाउसमा निर्मित ‘परमाणु’ मा डायना पेन्टी र बोमन इरानीको पनि प्रमुख भूमिका छ । जोनले चलचित्रमा आर्मी अफिसरको भूमिका निर्वाहा गरेका छन् ।

loading...