MJ Radio
Facebook Twitter Youtube Skype
Flag

आन्दोलनका कार्यक्रम फिर्ता

Published Date: 2018-05-14 00:00:00



लामो समय देखी विवादमा रहेका नेपाल निर्माता संघ र नेपाल चलचित्र संघ(प्रदर्शन)को वार्ता सहमतीमा टुंगिएको छ । आइतबार साँझ निर्माता संघ र चलचित्र संघ बीच विभिन्न सहमतीमा वार्ता भएको थियो । दुई संस्था विच भएको वार्तामा अब देखि पहिलो साता निर्माता र प्रदर्शकले चलचित्रको व्यापारको ५०/५० प्रतिशत शेयर बाँडफाँड गरिने साथै दोस्रो सातामा निर्माताले ४५ र प्रदर्शकले ५५ प्रतिशत, तेस्रो सातामा निर्माताले ४० प्रतिशत र प्रदर्शकले ६० प्रतिशत शेयर पाउने सहमती भएको छ भने चौथो हप्तादेखि माथी ३५ प्रतिशत निर्माता र ६५ प्रतिशत प्रदर्शकले शेयर पाउने सहमती भएको छ ।

हलहरुमा ट्रेलर बजाउने, पोष्टर, ब्यानर, स्ट्याण्डी राख्ने प्रसंगमा भएको वार्तामा निर्माता संघ र चलचित्र संघबीच दुई साता सम्म हलमा नि:शुल्क गरिने सहमती भएको छ ।

निर्माता संघले आफ्नो माग राख्दै जेठ २ गतेदेखी कुनै चलचित्र हलहरुमा प्रदर्शन हुन नदिने चेतावनी दिएको थियो । अब भएको सहमती कति समय सम्म कुन पक्ष टिक्न सक्ने त्यो भने हेर्न बाँकीनै छ ।

loading...