MJ Radio
Facebook Twitter Youtube Skype
Flag

शिव श्रेष्ठको फिल्ममा अभिनेत्री करिश्माको छोरी डेव्यु गर्दै

Published Date: 2018-05-14 00:00:00



अभिनेता शिव श्रेष्ठको निर्माण बन्न लागेको फिल्म ‘एउटा यस्तो प्रेम कहानी’मा शिवका छोरा शक्ति श्रेष्ठको अपोजिटमा सदबहार सुन्दरी अभिनेत्री करिश्मा मानन्धरकी छोरी कविता मानन्धरले डेव्यु गर्दै छिन् ।‘करिश्माले म माथि विश्वास गरिन्’, आफ्नो फिल्ममा कविताको ईन्ट्रीबारे शिवले भने, ‘एउटा कलाकारले अर्को कलाकारको मर्कालाई बुझ्छ । करिश्माले मेरो मर्कालाई बुझेर छोरीलाई हाम्रो टिममा सुम्पिएकी हुन् ।’ उसो त करिश्मा आफ्नै फिल्मबाट छोरीलाई डेव्यु गराउने सोचमा थिइन् । तर शिवको आग्रहलाई उनले अस्विकार गर्न सकिनन् । ‘शिव दाईको फिल्म भनेपछि नाईं भन्नै सकिन्’, करिश्माले भनिन् । दीपेश सापकोटाले निर्देशन रहेको फिल्ममा प्रियंका कार्की, आयुष्मान देशराज जोशी, वर्षा राउत, संजोग कोइराला, शिव स्वयम पनि अभिनय गर्दैछन् ।

loading...