MJ Radio
Facebook Twitter Youtube Skype
Flag

गायिका सरु गौतमको नयाँ गीत सार्वजनिक

Published Date: 2018-05-14 00:00:00



शुक्रबार युट्युबमार्फत भाई सरोजको जन्मदिनको अवसरमा गायिका सरु गौतम र भाई सरोज गौतमको स्वरमा गायिका सरुको नयाँ गीत ‘मैले साँस फेर्दा’ सार्वजनिक भएको छ ।गीतमा प्रभा बर्तौलाको शब्द र दिपक शर्माको संगीत रहेको छ ।यसअघि सरुको ‘के यो माया हो’ बोलमा सरोजले अभिनय समेत गरेका थिए । ‘भाईंको स्वर पनि राम्रो छ । त्यसैले दुवै मिलेर गीत निकालेका हौं,’ सरुले गीतबाट आशावादी रहेको बताइन् । भिडियोमा सरु र सरोज दुवै देखिएका छन् । भिडियोमा उनीहरु स्टेजमा पर्फम गर्दै गरेको अवस्थामा छन् ।


loading...