MJ Radio
Facebook Twitter Youtube Skype
Flag

‘फेशन ट्रेड सिजन टू’ जेठ ११ गते

Published Date: 2018-05-14 00:00:00



फेसियल हाउसको आयोजनामा जेठ ११ गते, शुक्रबार ‘फेसियल हाउस फेशन ट्रेड सिजन टू’ हुने भएको छ । ’फेसियल हाउसले यसपटक फेशन शोमा विभिन्न क्षेत्रका व्यक्तित्वहरुले क्याटवक गर्ने फेसियल हाउसकी सञ्चालिका सुष्मा महराले बताइन् ।‘दोश्रो सिजनमा मोडल मात्र नभई रोलमोडल पनि छानेको छ’, सुष्माले भनिन्, ’समाजका प्रतिष्ठित विभिन्न पेशा, व्यवसाय र क्षेत्रमा आफूलाई स्थापितहरुलाई र्याम्पमा उतार्ने प्रयास गर्न खोजेका छौं, उनले थप्नि, त्यसैले यसपल्ट चर्चित कलाकार, गायकगायिकाहरुका साथै तिनै कला क्षेत्रको समाचार पस्किने पत्रकारहरु, समलिङ्गी ब्यत्तिहरु लगायतलाई र्याम्पमा उतार्दैछौं ।’

अभिनेत्री करिष्मा मानन्धर, सविन श्रेष्ठ, क्षितिजा शाक्य लगायत, मिस नेपालहरु उषा खड्गी र सुगरिका केसी, अभिनेताहरु आमेश भण्डारी, यशराज गराच लगायत, ‘मेरी बास्सै’की कलाकार सुनिता गौतम र्याम्पमा उत्रनेछन् ।
कार्यक्रममा गायक युवराज चौलागाइँ, गायिका आस्था राउत लगायतका गायक गायिकाले आफ्नो प्रस्तुति दिनेछन ।

फेशन ट्रेड सिजन टु का लागि सुषमा महराका डिजाइन मेकअपहरुलाई प्रस्तुत गर्न कोरियोग्राफी लक्की खड्की, स्मित तामाङ, ड्रेस डिजाइन प्रेम देब, एनि र मेकअप चन्द्र लामा र हेयर डिजाईनमा बिगेन तामाङ रहने छन् ।

loading...