MJ Radio
Facebook Twitter Youtube Skype
Flag

गायक सुवास उप्रेतीको पहिलो नेपाली गीत सार्वजनिक

Published Date: 2018-05-14 00:00:00



बलिउडमा कमाउन सफल गायक सुवास उप्रेतीको नेपाली एल्बम ‘हर्ट’ सार्वजनिक भएको छ ।एल्बममा समावेश ‘आज किन’ बोलको गीतको भिडियो समेत सार्वजनिक गरिएको छ । भिडियोमा मोडल निरिशा बस्नेत र गायक उप्रेती आफै अभिनित छन् ।गीतलाई सागर राजको निर्देशन गरेका छन् ।सागर राजले निर्देशन गरेका म्युजीक भिडीयोहरु ‘ पानी पर्यो , चुम्बक लगायतका गीतहरु चर्चित छन् ।

नेदरल्याण्डको ब्रदर युनाइटेडले निर्माण गरेको यो गीत सुवासको पहिलो नेपाली गीत हो । सुवासले बलिउडमा छ सय भन्दा बढी गीत रेकर्ड गर्नुका साथै २०० ठुला स्टेज कार्यक्रमहरु गरिसकेका छन् । सिन्धुलीमा छायाँकन गरिएको भिडीयोमा अनिल के मानन्धरको छायांकन , सुप्रिम पराजुलीको सम्पादन तथा कलर देख्न सकिन्छ ।


loading...