MJ Radio
Facebook Twitter Youtube Skype
Flag

रामेछापको अग्लेश्वरीमा बुद्धको ठूलो मूर्ति बन्ने भयो

Published Date: 2018-05-16 00:00:00



रामेछापको पर्यटकीय क्षेत्र अग्लेश्वरीमा बुद्धको ठूलो मूर्ति बन्ने भएको छ । रामेछापको दोरम्बा, खाँडादेवी र सुनापति गाउँपालिकाको संगमस्थलमा रहेको धार्मिक पर्यटकीय क्षेत्र अग्लेश्वरीमा बुद्धको मूर्ति बनाउने अभियान सुरु हुने भएको छ ।

बुद्ध नेपालमा जन्मिएको होइन भन्ने भ्रम बेलाबेलामा सृजना हुने गरेको छ । उक्त भ्रम निवारण गर्न र बुद्ध नेपालमा नै जन्मिएको हो भन्ने विश्वभर सन्देश दिनको लागि अग्लेश्वरीमा बुद्धको मुर्ति निर्माण गरिन लागेको हो ।

नेपालमा पहिलो पटक एउटै मुर्तिमा चारैतिर फर्किएको (फोरबिग) बुद्धको मूर्ति निर्माण गर्न अभियानमा रामेछापमा जन्मिएर सांगीतिक क्षेत्रमा सक्रिय सिजम सिन्जाली लागेका छन् । गायक सिन्जालीले बुद्ध नेपालमा जन्मिएको थप सन्देश विश्वभर दिनको लागि नेपालको धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने उदेश्यको साथ अभियान अगाडि बढाउन लागिएको बताए ।उनले रामेछाप न्युजसँग भने,‘बुद्ध नेपालमा जन्मिएको होइन भनेर भ्रम सृजना गर्ने काम हुँदैछ, भ्रम चिर्न र अग्लेश्वरीलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न बुद्धको मूर्ति निर्माणको अभियान अगाडि बढाउने सरोकारवाला निकायसँग परामर्श भइरहेको छ ।’

रामेछापको सुनापति, दोरम्बार र खाँडादेवी गाउँपालिकाको संगमस्थल रहेको अग्लेश्वरीमा बुद्ध भारतमा नभई नेपालमा नै जन्मिएका हुने सन्देश दिने उदेश्यको साथ बुद्धको मूर्ति निर्माण गर्न अभियान सुरु हुन लागेको छ ।गायक सिन्जालीको नेतृत्वमा स्थानीय तह, बौद्धधर्मालम्बी र देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरुको साथ र सहयोग लिएर बुद्धको मूर्ति निर्माणको काम अगाडि बढन बढाउने अभियानमा जुटेका छन् । अग्लेश्वरी समुन्द्री सतहबाट २४ सय ७ मिटर उचाईमा रहेको छ । अग्लेश्वरी हाल अग्लेश्वरी महादेवस्थानबाट परिचित हुँदै आएको छ ।

अग्लेश्वरीमा हाल आन्तरिक एवं बाह्य पर्यटकको चाप दिनप्रतिदिन बढ्दै गएको छ । प्राकृतिक र धार्मिक रुपमा परिचित अग्लेश्वरीमा भ्युटावर सहितको बुद्धको मूर्ति निर्माण भएकामा रामेछाप जिल्लाको पर्यटकीय गन्तव्यमा विकास हुनेछ ।

loading...