MJ Radio
Facebook Twitter Youtube Skype
Flag

चलचित्र ‘एउटा यस्तो प्रेमकहानी’को टिजर सार्वजनिक

Published Date: 2018-05-16 00:00:00



मंगलबार एक कार्यक्रममा शिव श्रेष्ठको निर्माणमा बनेको मल्टिस्टारर चलचित्र ‘एउटा यस्तो प्रेमकहानी’को टिजर सार्वजनिक गरिएको छ ।चलचित्रबाट शिवका छोरा शक्ति श्रेष्ठ र अभिनेत्री करिष्मा मानन्धरकी छोरी कविता मानन्धर डेव्यु गर्दैछन् ।चलचित्रमा शक्ति र कविताको साथमा शिव श्रेष्ठ, प्रियंका कार्की, बर्षा राउत, आयुशमान देशराज जोशी, संजोग कोइराला, बसुन्धरा भुसाल, किरण केसी, अंग तम्बे शेर्पा, नरेन केसी, मिथिला शर्मा, बिष्णु चेम्जोङ, रेखा फागु, धुर्व कोइराला, करिष्मा मानन्धर लगायतका कलाकारको अभिनय रहनेछ ।

चलचित्रमा कथा अभिनेता श्रेष्ठको रहेको छ भने संगीत बसन्त सापकोटा, अर्जुन पोखरेल र सन्तोष राजुराको रहेको छ । चलचित्रमा सम्पादन उज्जल ढकाल, छायाँकन सुजन प्रजापति, द्धन्द रोशन भट्टराई र अष्ट महर्जनको रहेको छ । चलचित्रलाई शिव श्रेष्ठको साथमा बागमतीका निर्माताद्धय दिनेश दर्शनधारी र यसोदा राईले लगानी गरेका छन् । चलचित्रलाई दिपेश सापकोटाले निर्देशन गर्दैछन् । सार्वजनिक टिजरमा चलचित्रका अधिकांस कलाकार देखिएका छन् ।चलचित्रको केही प्रतिशत छायाँकन सकिसकेको छ । चलचित्रको केही प्रतिशत छायाँकन अष्ट्रेलिया र अमेरिकामा हुने निर्माण पक्षले जानकारी दिएको छ ।


loading...