MJ Radio
Facebook Twitter Youtube Skype
Flag

‘म्युजिकल्ली कम्पिटिसन’ घोषणा गर्दै चलचित्र बेबी आइ लभ यु

Published Date: 2018-05-16 00:00:00



शिव न्यौपाने निर्मित जेठ १८ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र बेबी आइ लभ युले नयाँ घोषणा गरेको छ ।अहिले नेपालमा मात्र नभएर अन्तर्राट्रिय स्तरमा चर्चित म्युजिकल्ली एप्सको छाप बेग्लै छ । यसको फाइदा लिँदै युनिटले ‘म्युजिकल्ली कम्पिटिसन’ घोषणा गरेको हो ।प्रतियोगितामा भाग लिनको लागी म्युजिककल्ली प्रयोगकर्ताले चलचित्र बेबी आइ लभ युमा समावेश संवादको भिडियो बनाउनु पर्ने छ । सोही भिडियोबाट उत्कृष्ट छानेर एकलाई चलचित्र युनिटले रकम सहित पुरस्कृत गर्नेछ । निर्माता शिव न्यौपानेका अनुसार धेरै भ्युज पाउने एक जनालाई नगद पाँच हजार सहित फिल्मको दुई वटा फिल्मको टिर्सट पनि दिइनेछ ।जनक पाण्डे निर्देशित बेबी आइ लभ यु मा सन्तोष खड्गी र पूजा तिवारीको मुख्य भूमिका रहेको छ ।

loading...