MJ Radio
Facebook Twitter Youtube Skype
Flag

सलमानको ‘रेस ३’को ट्रेलर सार्वजनिक

Published Date: 2018-05-16 00:00:00



रेमो डिसूजा निर्देशित अभिनेता सलमान खान अभिनित बहुप्रतिक्षित चलचित्र ‘रेस ३’को ट्रेलर सार्वजनिक भएको छ ।सलमान यसमा एक साइकोलोजिकल भिलेनको भूमिकामा देखिएका छन् ।रिलिजको एक महिना अघि चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।चलचित्रमा सलमानसँगै ज्याकलीन फर्नान्डिज, बबी देओल, अनिल कपूर, डेजी शाहलाई एक्सन अवतारमा देख्न सकिन्छ । सन् २००८ मा प्रदर्शनमा आएको ‘रेस’ दुई भागमा अभिनेता सैफ अलि खानकाे मुख्य भूमिका रहेकाे थियाे ।रमेश तौरानी निर्मित चलचित्रले अगावै १९० करोडको कमाई गरेको छ ।रमेश तौरानीले यस चलचित्रको थिएट्रिकल राइट्स इरोज इन्टरनेशनललाई १९० करोडमा बेचेका छन् ।


loading...