MJ Radio
Facebook Twitter Youtube Skype
Flag

लामो समय ब्रेक लिदै बलिउड अभिनेता आमिर खान

Published Date: 2018-05-20 00:00:00



बलिउड अभिनेता आमिर खान लामो ब्रेक लिने मूडमा छन् । आफ्नो नयाँ चलचित्र ‘ठग्स अफ हिन्दुस्तान’ को सुटिङ सकिए लगत्तै उनी लामो समय ब्रेक लिने तयारीमा रहेको खबर बाहिरिएको छ ।आमिर केही समय ठूलो पर्दालाई छाडेर आफ्नो ऊर्जा र क्रियटिभिटीलाई सानो पर्दाको ‘सत्यमेव जयते’ र पानी फाउन्डेशन जस्ता प्रोजेक्ट्समा लगाउन चाहेका छन् । प्राप्त जानकारी अनुसार आमिर सोसल लेभलको यी प्रोजेक्ट्समा आफ्नी पत्नी किरण रावसँग काम गर्न चाहन्छन् ।
बीचमा, आमिरले एस.एस. राजामौलीको प्रोजेक्ट ‘महाभारत’ मा काम गर्ने इच्छा देखाएको खबर बाहिर आएको थियो । तर, यस बारेमा आमिरले आफ्नो फैसला फाइनल गरिसकेका छैनन् ।

loading...