MJ Radio
Facebook Twitter Youtube Skype
Flag

‘कृष ४’ र ‘कृष ५’ लाई ‘बाहुबली’ स्टाइलमा रिलिज

Published Date: 2018-05-21 00:00:00



बलिउडले अहिले सम्म ‘बाहुबली’ ले बनाएको रेकर्ड तोड्न सकेको छैन ।बक्सअफिसमा राम्रो कमाई गरेको ‘कृष २’ र ‘कृष ३को अभिनेता रितिक रोशन यो रेकर्ड तोड्नका लागि तयार छन् । ‘बाहुबली’ का निर्देशक राजामौलीले ‘बाहुबली द बिगनिंग’ को समयमा नै ‘बाहुबली द कनक्लूजन’ को घोषणा गरेका थिए । त्यस्तै रितिकका पिता तथा निर्देशक राजेश रोशन ‘कृष ४’ र ‘कृष ५’ लाई ‘बाहुबली’ स्टाइलमा रिलिज गर्दैछन् ।फिल्म ‘बाहुबली’ को जस्तै गरि ‘कृष ४’ र ‘५’ एकसाथ बन्नेछ भने रिलिज पनि त्यही स्वरुपमा हुनेछ ।

चाँडै यस विषयमा आधिकारिक घोषणा हुँदैछ ।‘कृष’ सिरिजको सुरुवात २००३ मा आएको चलचित्र ‘कोई मिल गया’ बाट भएको थियो । यो फिल्ममा पहिलो पटक एलियनको कन्सेप्टमा काम गरिएको थियो । यो चलचित्रमा रितिक मुख्य भूमिकामा थिए ।यो कहानीलाई अगाडि बढाउने क्रममा वर्ष २००६ मा ‘कृष’ र वर्ष २०१३ मा ‘कृष ३’ रिलिज भएको थियो । यी दुबै सिरिज बक्सअफिसमा हिट साबित भएका थिए ।

loading...