MJ Radio
Facebook Twitter Youtube Skype
Flag

छायाँकनको लागि जाजरकोट पुग्यो रेखाको ‘मालिका’

Published Date: 2018-05-28 00:00:00



नायिका रेखा थापाको फिल्म ‘मालिका’ छायाँकनको लागि यति बेला जाजरकोट पुगेका छन् ।‘अबको दुई दिनमा गीतको छायाँकन सकिन्छ’, रेखाले भनिन्, ‘काम एकदम राम्रोसँग भैरहेको छ । एकदिन पनि सुटिङ रोक्नु परेको छैन् ।’ काठमाण्डौबाट छायाँकन सुरु गरेर रेखा कोहलपुर हुँदै जाजरकोटसम्म पुगेकी हुन् । अबको दश दिनमा फिल्मको सम्पूर्ण छायाँकन सकिने रेखाको भनाई छ । ‘चालिस दिनको तालिका बनाएका थियौं । दश दिन अगाडी नै सकिने भयो । काम सोचे भन्दा पनि राम्रो भैरहेको छ’, रेखाको भनाई छ ।

सुरेश अधिकारीको संगीत रहेको लोक लयको गीतले दर्शकको मन जित्नेमा रेखा ढुक्क छिन् । ‘दर्शकको रोजाइकै गीत छ’, रेखाको विश्वास छ, ‘भिडियोमा पनि हामीले मिहेनत गरेका छौं ।’ जीवन रुपान्तरणका विश्व प्रशिक्षक नरवहादुर कार्कीको परिकल्पनामा तयार भएको ‘मालिका’ फिल्मको विषय वस्तु महिला हिंसा र बालबिवाह मुक्त नेपाल निर्माणको अभियानमा केन्द्रित छ ।

जाजरकोट दरबारमा छायाँकन गरिएको गीतको बारेमा रेखा थप्छिन्, ‘जिल्लाको स्थानीय भेष–भुषा र संस्कृति झल्किने मेलाको दृश्य बनाएर र्दुइ सय ६८ वर्ष अघि निर्माण गरिएको जाजरकोट दरबारको प्राङ्गणमा ‘मालिका’ को गीत छायांकण गरिएको हो ।’ रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतमा एक सय बढी त कोरस मात्रै रहेको रेखा बताउँछिन् ।

‘मालिका’मा रेखा र जाजरकोटकी चौध वर्षिय कमला ओली मुख्य भूमिकामा प्रस्तुत भैरहेका छन् । रेखाले ‘मालिका’लाई तिहारको अवसर पार्दै लक्ष्मीपूजामा रिलिज गर्ने घोषणा गरेकी छन् ।

loading...