MJ Radio
Facebook Twitter Youtube Skype
Flag

च्यारेटी शो गर्दै 12 AM a Reminder फिल्म

Published Date: 2018-06-03 00:00:00



सुदुरपश्चिमका केही युवाहरु मिलेर सानो पर्दाको नेपाली कथानक चलचित्र निर्माण गरेका छन् । 12 AM a Reminder नाम गरेको उक्त चलचित्रको आज अत्तरियामा पत्रकार सम्मेलन गरी ट्रेलर प्रर्दसन गरिएको छ । बिधार्थी जिवनको कथा बस्तुलाई चलचित्रमा राखिएको चलचित्रका निर्देशक एबम् निर्माता चेतन बि.कले जानकारी दिए । अहिलेका बिधार्थीहरु पढाई भन्द पनि लागुपदार्थ दुब्र्यसनीमा फसिरहेको र यसले समाजमा पार्ने असर तथा यसवाट बच्न सकिने उपायका बारेमा चलचित्रका माध्यामवाट आम मानिसलाई जानकारी गराउन चलचित्रले महत्बपुर्ण भुमिका खेल्ने उनको भनाई रहेको छ । चलचित्रलाई नेपालका साथै भारत र अन्य देशहरुमा पनि प्रदर्शन गरिने उनले बताए । चलचित्रको सम्पुर्ण छायाड्कन यसै क्षेत्रमा गरिएको छ । यहि जेठ २६ गते अत्तरियाको दिवस सिनेमा हलमा च्यारिटि सो गरिने निर्देशक एबम् निर्माता बि.कले बताए ।

loading...