MJ Radio
Facebook Twitter Youtube Skype
Flag

कुशाग्र भट्टराईलाई विद्यालयले पूर्ण छात्रवृत्ति दियो

Published Date: 2018-06-06 00:00:00



केही साताअघि काठमाडौंमा आयोजित डि–सिने एवार्ड २०७५ मा चलचित्र ‘पिँजडा ब्याक अगेन’ बाट सर्वोत्कृष्ट बालकलाकारको पुरस्कार जितेका बलकलाकार शान्तिनगरस्थित बेबिलोन नेशनल स्कुलमा कक्षा ४ मा अध्ययनरत छात्र कुशाग्र भट्टराईलाई विद्यालयले एक विशेष समारोह आयोजना गर्दै बधाइ, सम्मान तथा छात्रवृति प्रदान गरेको छ ।

मंगलबार विद्यालयमै आयोजित समारोहमा नेपाली चलचित्रका लोकप्रिय अभिनेता निखिल उप्रेती, विद्यालयका प्रधानाध्यापक राजु राईसहित विद्यालयको व्यवस्थापन समुहले कुशाग्रलाई सम्मान गर्दै बधाइ दिएको हो ।बालकलाकारको पुरस्कार जितेका बलकलाकार भट्टराईलाई अभिनेता उप्रेती तथा प्रधानाध्यपाक राईले विद्यालयको तर्फबाट उपहार दिएर सम्मान गरेका हुन् ।
नेपाली कथानक चलचित्र ‘पिँजडा ब्याक अगेन’ मा अभिनेता निखिल उप्रेतीकै छोरा बनेर अभिनय गरेका बालकलाकार भट्टराईलाई विद्यालयका प्रिन्सिपल राजु

राईले विद्यालयमा पढुञ्जेल पुर्ण छात्रवृत्ति दिएको घोषणा गर्दै ‘टोकन अफ लभ’ दिएर सम्मान गरे ।
कार्यक्रममा विद्यालयका निर्देशकहरु देवीभक्त राई, प्रकाश आचार्य, भाइस प्रिन्सिपल रीता राई, शिक्षक–शिक्षिका तथा काठमाडौं महानरगपालिका ३१ नं वडा सदस्य सरोज ढकालले उपहार प्रदान गरे ।

विद्यालयका सयौं विद्यार्थीमाझ आयोजित समारहेमा अभिनेता निखिल उप्रेतीले विद्यार्थीहरुलाई अध्ययनकाका साथसाथै अतिरिक्त क्रियाकलपमा सहभागि हुन आग्रह गरे भने युवा नेता सरोज ढकालले असल विद्यार्थीका साथै असल व्यत्तिस् बन्नु पर्ने कुरामा जोड दिए ।

loading...