MJ Radio
Facebook Twitter Youtube Skype
Flag

“एउटा यस्तो प्रेम कहानी” मा रेखा अनुबन्धित

Published Date: 2018-06-06 00:00:00



छायांकनको अन्तिम चरणमा पुगिसकेको चलचित्र “एउटा यस्तो प्रेम कहानी” मा चलचित्र “तारेभीर” बाट डेब्यु गरेकी नायिका रेखा लिम्बु(फागो) अनुबन्धित भएकी छिन् । नायक शिव श्रेष्ठको निर्माणमा बनेको यस चलचित्रमा रेखा पहिले भन्दा केहि फरक भूमिकामा देखिन लागेको उनको भनाई रहेको छ ।पहिलो डेब्यु चलचित्र बाट राम्रो चर्चा बटुलेकी नायिका रेखा तेसपछि लामो समय सम्म म्युजिक भिडियो र फेसन शोहरुमा आबद्ध भईन ।

उनि संगै चलचित्रमा प्रियंका कार्की, नव नायिका कविता मानन्धर र नव नायक शक्ति श्रेष्ठ, शिव श्रेष्ठ, करिश्मा मानन्धर, आयुष्मान देशराज जोशी, संयोग राणा, वर्षा राउत लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । अबको दिन विशेष गरी नेपाली चलचित्रमा नै आबद्ध रहने र दर्शकहरुलाई आफ्नो नया नया प्रस्तुति पेश गर्ने उनले उल्लेख गरेकी छिन् । यस्तै उनले दर्शकहरुको साथ र हौसलाले नै आफु अगाडी बढिरहेको भन्दै आगामी दिनमा समेत उक्त माया र साथको अपेक्षा राखेको उनले बताईन ।

loading...