MJ Radio
Facebook Twitter Youtube Skype
Flag

'रोमियो एण्ड मुनाको' नयाँ पोस्टर सार्वजनिक

Published Date: 2018-06-06 00:00:00



नँया फिल्म 'रोमियो एण्ड मुनाको' नयाँ पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टमा मुना अर्थात नायिका सृष्टि श्रेष्ठ छन् र रोमियो बिनय श्रेष्ठ रहेका छन् । यो फिल्मसँग नै सम्बन्धित पोस्टर हो, निर्देशक नरेश कुमार केसी भन्छन्, यो देखेको नँया बक्समा मुनाले आफ्नो इख लाई हाल्ने गर्दछिन् । निर्देशक केसीका अनुसार रोमियो एण्ड मुनाको यो बक्सवाला पोस्टर प्रतिबिम्वित पोस्टर हो ।उसो त फिल्मको तीन गीत र पोस्टर सार्वजनिक भैसकेका छन् ।
सार्वजनिक तीन गीतहरु भिन्न भिन्न प्रकारका छन् । सुरुमा तीज गीत सार्वजनिक गरिएको थियो त्यसपछि विकिनी गीत र रोमान्टिक पल पल गीत रिलिज गरियो । एस फिल्मले नँया ईतिहास बन्ने अनुमान निर्देशले गरेका छन् ।

साउन ११ गतेलाई प्रदर्शन मिति तय गरिएको फिल्म रोमियो एण्ड मुना डाइङ क्यान्डल निर्देशकको दोश्रो फिल्म रहेको छ। विनय र सृष्टिको शिर्ष भूमिका रहेको रोमियो एण्ड मुनामा निर्देशक केसीको पटकथा छ भने संवादमा निर्देशकसँग निरज महर्जनले साथ दिएका छन् । फिल्म निर्माणमा प्रशन्न गोपाली, राम शर्मा र कविन शाक्यले सहकार्य गरेका छन् ।

loading...