MJ Radio
Facebook Twitter Youtube Skype
Flag

चलचित्र ‘बाबु कान्छा’को टिजर सार्वजनिक

Published Date: 2018-06-06 00:00:00



असार २९ गते बाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘बाबु कान्छा’ को टिजर सार्वजनिक भएको छ ।चलचित्र नेपाली बाबुमा १७ बर्ष अगाडि सलोनको पहिलो पटकको अभिनयलाई समेत सार्वजनिक सलोन प्रस्तुत गरिएको छ । सलोन सँगै नीर शाह, सरोज खनाल, राजाराम पौडेल, लय संगौला, करिष्मा श्रेष्ठ, ऋतिक शाही, सम्राट सापकोटा, मञ्जु पौडेल , गीता अधिकारी, रामेश्वर रिजाल, शुशान्त श्रेष्ठ, बिक्रम कंडेल लगायतको अभिनय रहेको छ ।

अश्लिन ज्ञवाली र ज्योत्सना महर्जनले डेव्यू गरेको चलचित्रलाई शोभित बस्नेतले निर्माण तथा निर्देशन गरेका छन् ।संचारकर्मी रबि अधिकारी कार्यकारी निर्माता रहेको बाबु कान्छामा सन्तोष राज भण्डारी र सुरज घिमिरे सह निर्माताको रुपमा रहेका छन् ।चलचित्रको ‘चन्द्रमा झै राम्री’ बोलको रिमिक्स भर्सन गीत सार्वजनिक भैसकेको छ ।

बाबु श्रेष्ठ र कृष्ण श्रेष्ठको छायांकन रहेको फिल्ममा रामजी लामिछाने र दिपेन्द्र तिमिल्सेनाको कोरियोग्राफी रहेको छ । फिल्ममा अस्ट महर्जनको एक्शन, गौतम राज खड्काको सम्पादन, टंक बुढाथोकी संगीत रहेको छ ।


loading...